March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

1.5K

मोरङ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुन्दरहरैचा नगरपालिका–४ बस्ने २० वर्षीय सचिन तिमलसिना र सोही नगरपालिका–६ बस्ने २१ वर्षीय प्रताप तामाङ रहेका छन् ।

उनीहरूले ती किशोरीलाई सुन्दरहरैचा नगरपालिका–७ बेलगाछिस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गएराति उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement