January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

उद्योगी अपहरणका आरोपी आफै प्रहरी कार्यालयमा हाजिर

1.5K

विराटनगर । उद्योगीलाई अपहरण गरि फिरौती रकम असुली गरेका एक आरोपी प्रहरी कार्यलयमा हाजिर भएका छन् । विराटनगरका उद्योगी अरुणकुमार राठीको अपहरण गरी १५ लाख रुपैयाँ फिरौती असुल गरेका आरोपी सहैन्सा सिद्धिकी भनिने अब्दुल खत्ताब बिहीवार बिहान प्रहरी कार्यालय मोरङमा हाजिर भएका हुन् ।

राठीले आफूलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै आफ्नै साझेदार अब्दुल खत्ताबविरुद्ध किटानी जाहेरी दिएका थिए । राठी र खत्ताब नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका सञ्चालक साझेदार हुन् । जाहेरीपछि खत्ताब फरार थिए।

खत्ताबले व्यवहारिक काम सबै सकेर अनुसन्धानमा सहयोग गर्न आफैं जिल्ला प्रहरी कार्यालय उपस्थित भएको बताए ।

Advertisement

राठीले १४ मंसिरमा आफूलाई अपहरण शैलीमा लगेर १५ लाख फिरौती लिएको भन्दै १८ मंसिरमा आफ्नै साझेदार खत्ताबविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसपछि खत्ताब सम्पर्कविहीन थिए । खत्ताबले आफूले अपहरण नगरेको दाबी गर्दै आएका छन् । राठीले दिएको १५ लाख कम्पनीको शेयरका लागि भएको उनको दाबी छ ।

उनलाई अनुसन्धानका लागि हिरासतमा राख्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।