March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

दमकमा अवैध लागूऔषधसहित एक महिला पक्राउ

1.4K

विराटनगर । दमकमा अवैध लागूऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नगरपालिका–९ बस्ने ४५ वर्षीय तुलमाया तामाङलाई रहेकी छन् ।

उनलाई ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित मंगलबार बिहान प्रहरीले पक्रउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement