पाँचथर । पाँचथरमा एक वर्षको अवधिमा बलात्कार र यौनजंन्य हिंसाका २४ वटा घट्ना भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लैंगिक हिंसा बिरुद्वको १६ दिने अभियानका सन्दर्भमा आयोजित कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
तथ्याङक अनुसार गत पुष १६ देखि मङ्सिर २४ गतेसम्म जिल्लामा ३९ वटा मानव अधिकार उल्लंघका घट्ना प्रहरीमा दर्ता भएका छन्। जसमा यो अवधिमा १४ जना बालिका र ६ महिला गरी २० जना बलात्कृत भएका छन भने ५ बालिका माथि यौन दुव्र्यवहार भएको छ ।
यस्तै आत्महत्या दुरुत्साहनका २ बालविवाहको एउटा घट्ना भएका छन् । एक जना महिलाको परिवारबाटै हत्या भएको छ भने बहु विवाह सम्वन्धि ४ वटा घट्ना दर्ता भएको इन्सेकका जिल्ला प्रतिनिधि सहमान विश्व्कर्माले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।
‘अघिल्लो वर्ष जिल्लामा मानव अधिकार उल्लंघन सम्वन्धि २८ वटा घट्ना भएका थिए,यो वर्ष बढेर ३९ पुगेको छ, बलात्कार र यौनजन्य हिंसा र बहु विवाहका घट्नाले पीडित हुने महिलाको संख्या बढिरहेको तथ्यांकले पुष्टि गर्छ’, विश्वकर्माले भने।
कार्यक्रमका सहभागीहरुले अपराधिलाई राजनैतिक संंरक्षण र आर्थिक चलखेलका कारण कानुनी दायरामा ल्याउन नसक्दा पनि यस्ता घट्ना बढ्ने गरेको बताए ।
कार्यक्रममा प्रमूख जिल्ला अधिकारी गणेश गैरेले मानव अधिकार संरक्षणमा आफु प्रतिवद्व भएर लाग्ने बताए ।
फिदिम नगरपालिकाका प्रमूख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पनन अन्तरक्रियामा जिल्लाका मानव अधिकार रक्षक,सरकारी कार्यालय प्रमूख र सुरक्षा अधिकारीहरुको उपस्थिति थियो ।