May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवान महेन्द्रनगरबाट पक्राउ

1.3K

काठमाडौं । माया लुहार हत्या प्रकरणका आरोपित महेन्द्रनगरबाट पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया मायाको हत्या गरेको अभियोगमा शिवनाथ गाउँपालिका– ४ का भरतराम कोलीलाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको हो ।

२२ वर्षीय कोलीलाई आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।

मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी थिइन् । नेहापनि घाँटी रेटिएको अवस्थामा भेटिएको र गम्भीर अवस्थाकी उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका कोली र माया प्रेम सम्बन्धमा रहेको बुझिएको बताउदै प्रहरीले घटनाबारे अनुसन्धानपछि मात्र थप कुरा खुल्ने जनाएको छ ।