काठमाडौं । सप्तरीमा बेपत्ता भएका व्यक्तिको शव पोखरीमा फेला परेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको हो ।
सोमबारदेखि बेपत्ता राउतको खोजी गरिदिन उनका परिवारले प्रहरीलाई अनुरोध गरेका थिए । मंगलबार हत्या गरिएको अवस्थामा पोखरीमा उनको शव फेला परेको थियो ।
प्रहरीका अनुसार राउतको हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको छ । तालिमप्राप्त कुकुरको प्रयोग गरी घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।