July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

मोटरसाइकल चोरीमा संलग्न पक्राउ

1.4K

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–४ घर भई हाल ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगर रहेका छन् ।

प्रहरीका अनुसार उपत्यकाको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भुपेन्द्रलाई भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको १ थान मोटरसाइकल सहित काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट पक्राउ गरिएको हो ।

थप अनुसन्धानको क्रममा उनले विभिन्न मितिमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङबाट विभिन्न कम्पनीका ३ थान मोटरसाइकल चोरी गरेको खुल्न आएको छ ।

Advertisement

उनलाई थप अनुन्धानको लागि प्रहरी वृत्त ठिमी पठाइएको प्रहरीले जनाएको छ ।