July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

कोदालोको बिँडले हानेर ८९ वर्षीय वृद्धको हत्या, एक युवक पक्राउ

1.1K

मकवानपुर । हत्या गरेको अभियोगमा मकवानपुरमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ गैरीगाउँ बस्ने ३५ वर्षीय टाईसन गोले रहेका छन् ।

प्रहरीका अनुार गालेले सोही ठाउँका ८९ वर्षीय आईत सिङ स्याङ्तानको कोदालोको बिँडले प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूबीच एक–आपसमा भनाभन भई झै–झगडा हुँदा टाईसनले कोदालोको बिड प्रहार गर्दा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement