April 17, 2025, Thursday
२०८२ बैशाख ४
1:37:26 pm

चुनावको विषयलाई लिएर दुई पक्षबीच झै–झगडा हुँदा मृत्यु

2.4K

काठमाडौं । आपसी विवादमा झगडा हुँदा भएको कुटपिटबाट दुईजनाको मृत्यु भएको छ । घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

भक्तपुर, चाँगुनारायण नगरपालिका–८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबीच एक आपसमा झै–झगडा भई कुटपिट हुँदा कुमाल सुनारको शनिबार राति मृत्यु भएको प्रहरील जनाएको छ ।

झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगागीबाट खटिएको प्रहरीले झगडामा संलग्न चाँगुनारायण नगरपालिका–८ कलमसी बस्ने ४१ वर्षीय राजन सुनारसहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

यस्तै, सर्लाही, गोडैता नगरपालिका–६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच झै–झगडा भई कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको छ । उक्त स्थानमा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन् ।

प्रहरीले घाइतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न सोही ठाउँ बस्ने बस्ने १९ वर्षीय बिक्रम रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।