February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

पैसा बाँड्दै हिँडेको अभियोगमा एमाले उम्मेदवारका छोरा पक्राउ

1.6K

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा पैसा बाँड्दै हिँडेको अभियोगमा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका हुन् ।

शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको एक स्थानीयले जानकारी दिए ।

Advertisement