ललितपुर । खुकुरीले हानी हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राई रहेका छन् ।
अभियुक्त राईलाई ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको बिषयलाई लिएर वादविवाद हुदाँ राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।
प्रहरीका अनुसार राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाउको छ ।