April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

सन्दीप लामिछानेको बयान जारी, आजै थुनछेक बहस हुने

२०७९ कार्तिक १५

1.3K

काठमाडौं । सन्दीप लामिछानेको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका लामिछानेको मुद्धाउपर आजै थुनछेक बहस हुने जनाइएको छ ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान लामिछाने १७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा गत असोज २० गते पक्राउ परेका थिए । गत भदौ ६ गतेको बिहान पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै किशोरीले भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

Advertisement