काठमाडौं । सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेविरुद्ध सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको जनाईएको छ ।
लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । प्रहरीले लामिछानेविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ ।