मोरङ । सिरहा गोलबजार–३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका–६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका–५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा शुक्रबार दिउसो विराटनगरबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले असोज २६ गते सदालाई अपहरण गरी बिराटनगर–११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्या गरेको खुल्न आएको छ ।
पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।