March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

पल शाह विरुद्धको सुनुवाइ स्थगित

1.4K

काठमाडौं । नायक पल शाह विरुद्धको सुनुवाइ स्थगित भएको छ । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका शाहको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो ।

तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण स्थगित भएको जनाइएको छ । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाई स्थगित भएको हो । निर्वाचनका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको जनाइएको छ ।

Advertisement