April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

प्रहरीको हाकिम हुँ भनी धम्की दिँदै व्यापारीलाई पैसा माग्ने पक्राउ

1.3K

मोरङ । विराटनगरका व्यापारीहरुलाई धम्की दिई रकम माग गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ का २९ बर्षीय रविन घिमिरे रहेका छन् ।

घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा बिराटनगर–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनको अभद्र ब्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement