काठमाडौं । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) मृत अवस्थामा फेला परेका छन् । असई सत्यनारायण यादव सिमावर्ती विहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा मृत भेटिएका हुन् ।
भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।
सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेका हुन् । उनको शवको टाउकोमा चोट देखिएको छ ।
घटनाबारे आजबाट थप अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ ।