April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

सुनका गरगहना र नगद चोरी

1.1K

काठमाडौं । शङ्खरापुर नगरपालिका–५ पालुवारी बस्ने राम केसीको घरबाट सुनका विभिन्न गरगहना र नगद गरी करिब ५ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

प्रहरीका अनुसार घरको दोस्रो तलाको झ्यालबाट कोठाभित्र प्रवेश गरी कोठाभित्रको दजार फोडेर अपरिचित व्यक्तिहरूले उक्त धनमाल चोरी गरी फरार भएका थिए ।

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Advertisement