विराटनगर । सुनसरीमा कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का ७० बर्षीय खटर सवरियाको कुटपीटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संग्लग्न स्थानीय ४५ वर्षीया प्रमिला मण्डल, ३३ वर्षीया गुडी मण्डल र २१ वर्षीया देवनन्दन मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले बृद्धलाई शनिवार बिहान कुटपीट गरेको र सोही कारणले मृत्यु भएको हो । प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई घटनामा सग्लग्न तीन जनालाई नै पक्राउ गरेको हो ।
घटना बारे अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।