February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

झापामा एक युवकद्धारा आमा र काकाको हत्या

1.4K

बिर्तामोड । झापाको कमल गाउँपालिकाका एक युवकले आमा र काकाको हत्या गरेका छन् । कमल २ सिमलडाँगीका २३ वर्षीय चन्द्र माझीले आमा र काकाको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार शनिबार राति साढे १० बजे माझीले सुतिरहेका ५० वर्षीय काका सन्तबहादुर माझीमाथि पहिला हतियार प्रहार गरेका थिए । त्यसपछि अर्को कोठामा सुतिरहेकी ५० वर्षीया आमा चन्द्रकला माझीमाथि हतियार प्रहार गरेका थिए ।

हतियार प्रहार गरी भाग्दै गर्दा चन्द्र माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement