April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरमा लागु औषधसहित युवक पक्राउ

1.9K

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम वडा नम्बर ४ गढीबाट हिलिहाङ गाउँपालिका ३ का १८ वर्षीय राजेन्द्र परियार रहेका छन् ।

गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा परियारको साथबाट ६ पोका ब्राउन सुगर २०० मिलिग्राम र नगद ७,९०० रुपौँया बरामद गरेको प्रहरीले जनाएको छ ।

परियारलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए ।

Advertisement