February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

2.9K

विराटनगर । मोरङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारी रहेका छन् ।

तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएकोपछि प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement