February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

मोरङमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

1.3K

मोरङ । मोरङको रंगेली नगरपालिका–७ बाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका–४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका छन् ।

प्रहरीले को.३१ प ४४१४ नम्वरको मोटरसाईकल संका लागि चेकजाँच गर्ने क्रममा पछाडि सवार रहेका अमित कुमार दाशको साथबाट ३६ ग्राम ७.५० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध बरामद भएसँगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement