February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

प्रतिबन्धित औषधिहरूको कारोबारको अभियोगमा सुस्मा थापा पक्राउ

1.8K

काठमाडौं । नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका सामाखुसीमा फार्मेसी सञ्चालन गरी बस्ने गोरखा सिलुकोट नगरपालिका–९ घर भएका २९ वर्षीया सुस्मा थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुस्माले सञ्चालन गरेको फार्मेसीमा नेपालमा नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त फार्मेसीमा तलासी गर्दा ती औषधिहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनको फार्मेसीबाट प्रहरीले Tramadol Hydrocloride ८ सय १० ट्याब्लेट, Dicyciomine Hydrochloride ९ सय ८० ट्याब्लेट, Dextromethoraphan Hydrochloride २ सय ६५ ट्याब्लेट, Stagan ५ सय ३१ ट्याब्लेट, Gabix-75 pregablin १ सय ४२ ट्याब्लेट, Zenegra २४ ट्याब्लेट, Chorpheniramine Sinex८० ट्याब्लेट, एल्मास्क १ सय ६५ ट्याब्लेट,  Alcal २ सय ७० ट्याब्लेट, प्रेग्नेन्सी टेस्ट किट ४० पिस, एन्थेल्जा ४० पिस, मास्क २३ बन्डल, Stayfree४० बन्डल, डाईपर २ बन्डल, Bustop३ बोतल,  Detuss२ बोतल, Dj-citral१ बोतल, CTZ४ बोतल,NSसोडियम १ बोतल, Flexon२ बोतल, Multiplex६ बोतल, Supramox४ बोतल, Argel१० वोतल, Rhinex२ बोतल,  Sinex८० पिस,  सन्चो १० पिस, गुल्कोज सानो ४ पिस र डिटोल १ बट्टा बरामद गरेको छ ।

Advertisement