November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विराटनगरमा प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ

4.5K

विराटनगर । मोरङमा प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउका परेका छन् । पक्राउ पर्नेमा रामधुनी नगरपालिका–८ घर भई बिराटनगर–१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङ सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, विराटनगर–१५ का २४ बर्षीय बरुण साह, विराटनगर–३ का ३० बर्षीय आशिस हमाल, विराटगर–१३ का ३० बर्षीय सुलभ रिजाल र धरान–२० का २३ बर्षीय रोशन लिम्बु समेत ६ जना रहेका छन् ।

गत शुक्रबार बेलुका लागुऔषध विक्री वितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजुसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement