दमक । झापामा अवैध लागुऔषसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ का ३५ वर्षीय लाल बहादुर दर्जी रहेका छन् ।
उनलाई चिया बगानबाट ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २ ग्राम १३ मिलिग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।