March 8, 2026, Sunday
२०८२ फाल्गुन २५
1:37:26 pm

भारतबाट राजस्व छली ल्याएको सुर्तीजन्य पदार्थसहित ४ पक्राउ

2K

काठमाडौं । भारतबाट राजस्व छली ल्याएका १९५ बोरा ९८ हजार केजी तयारी सुर्ती र कच्चा सुर्ती ९२० हजार २ सय केजी सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली तीनपाटन गाउँपालिका–६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ५६ वर्षीय पोष्टराज गौतम, मोरङको विराटनगर महानगरपालिका–१२ घर भई ललितपुर महानगर–३ धोबीघाट बस्ने ५३ वर्षीय सुरेश पोख्रेल, सर्लाही विष्णु गाउँपालिका–३ घर भई काठमाडौं कुलेश्वर बस्ने ४४ वर्षीय दिनेश चौधरी र सिनामंगलमा बस्ने ३८ वर्षीय अरबिन्द अग्रवाल रहेका छन् ।

pin up pinup

प्रहरीका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानुनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरेर ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बुधबार गौतमलाई पेप्सीकोला र चौधरीलाई कुलेश्वरबाट पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी अनुसन्धानका क्रममा भारतबाट राजस्व छली गरी ल्याएको सुर्तीजन्य कच्चा पदार्थ अग्रवाल र पोख्रेलले सञ्चालन गर्ने ललितपुर महानगर–२१ खोकनास्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा विभिन्न स्थानमा भण्डारण गरेको सूर्तीजन्य पदार्थ बरामद गरेको छ ।

Advertisement

राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खुस्थित फुलबारी मार्ग, भैंसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तथा खोकनामा रहेको श्री न्यू शुभ लक्ष्मी सुर्ती उद्योगको गोदाममा सिल गरेको छ । सुर्ती उद्योग सञ्चालक समेतलाई पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।