March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

चिनियाँलाई अपहरण गरेर १ करोड फिरौती माग गर्ने ६ जना पक्राउ

1.8K

काठमाडौं । चिनियाँलाई अपहरण गरेर १ करोड फिरौती माग गर्ने ६ जना पक्राउ परेका छन् । काठमाडौंको लैनचौरबाट दोभासे सहित एकजना चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर ६ जना नेपाली युवाले गोंगबुको एउटा होटलमा बन्धक बनाएका थिए ।

गएराति प्रहरीले चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेको हो ।

चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए । ५० लाखमा अपहरण मुक्त गर्ने सहमति भएपछि चिनियाँ नागरिकको आफन्तको सहयोगमा प्रहरीले उनलाई अपहरण मुक्त गरेको छ ।

Advertisement

अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।