March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

लागु औषध कारोबार गरेको आरोपमा ४ महिला सहित २२ जना पक्राउ

1.7K

काठमाडौं। लागु औषध कारोबार गरेको आरोपमा २२ जना पक्राउ परेका छन् । डाइलेक्स डिसी र खैरो हेरोइनसहित २२ जनालाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १ हजार १८० बोतल डाइलेक्स डिसी र ४५९ ग्राम खैरो हेराइन बरामद भएको छ । खैरो हेरोइन जोख्न प्रयोग गरिने ४ वटा तराजु पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

सो लागु औषध तरकारीको बोरामा लुकाएर सर्लाहीबाट ल्याएको अनुसन्धानबाट थाहा भएको छ ।

Advertisement

पक्राउ पर्नेमा ४ जना महिला छन् ।