March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

काभ्रेस्थली घटनामा माइती पक्षको अवरोधले शव उठाउन ढिलाइ

2.3K

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालमा एकै घरमा मृत भेटिएका ४ जनाको शव अवरोधका कारण उठाउन ढिलाइ भएको प्रहरीले जनाइएको छ ।

प्रहरी अधिकृतहरुका अनुसार सुनिता काप्री पाण्डेको माइती पक्षले घटनाको अनुसन्धानको माग गर्दै अवरोध गरेपछि शव उठाउन ढिलाइ भएको हो ।

माइती पक्षका अनुसार पति दिनेश र सुनिताबीच विवाद रहेको स्वीकार गर्दै दिनेशले सम्बन्धबिच्छेद गर्न चाहेको बताएका छन् । तर सुनिताले अस्वीकार गरेका थिए ।

Advertisement

सुनिता बेलायत जाने तयारी गरेपछि परिवारमा विवाद बढेको थियो । सुनिता ६ महिनाको सिजनल भिसा बेलायत जाने तयारीमा थिए । सुनिता दुई सातापछि बेलायत उड्ने तयारीमा थिए ।

फरेन्सिक विज्ञले पनि मृतकहरुमा धारिलो हतियार प्रहार भएको देखिएको पुष्टि गरेको छ । दिनेश कार्कीले श्रीमती सुनिता र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ, जुन दिनेशको भएको मानिएको छ । सुसाइड नोटमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।