March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

६ जना बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

1.7K

काठमाडौं । ६ जना बालिका बलात्कार गरेको आरोपमा सुर्खेतमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिकाका ६ का साढे १४ बर्षका किशोर रहेका छन् ।

प्रहरीका अनुसार ती किशोरले करिब डेढ महिनाअघि ६ जना बालिका बलात्कार गरेको आरोप छ । उनले पाँचदेखि सात वर्षसम्मका ६ बालिकालाई चकलेट दिएर ललाइफकाई फरक–फरक समयमा बलात्कार गरेको एक बालिकाकी आमाले बताइन् । डेढ महिनाअघिदेखि भइरहेको घटनाबारे साउन ११ गते मात्रै एक बालिकाले भनेपछि अभिभावकले थाहा पाएका हुन् । कसैलाई भने मार्दिन्छु भनेर धम्की दिएको पनि आमाको आरोप छ ।

बालिकामध्ये एक जनाको योनिमा घाउसमेत देखिएको उनको भनाइ छ । डेढ महिनाको अवधिमा ती बालिकामध्ये केहीलाई एकपटक र केहीलाई दुई पटकसम्म बलात्कार गरेको बालिकाका आमाहरूले बताएका छन् ।

Advertisement

आफ्ना छोरीहरूमाथि बलात्कार भएको भन्दै पीडित पक्षले साउन ११ गते इलाका प्रहरी कार्यालय बाबियाचौरमा बालकविरुद्ध उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता भएलगत्तै आरोपित किशोरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

किशोरले एकपटक मात्रै बलात्कार गरेको स्विकारेको प्रहरीले जनाएको छ । केही बालिकालाई तीन पटकसम्म पनि बलात्कार गरेको पीडितले बयान दिएका छन् ।

किशोरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट ल्याएर जिल्ला प्रहरी सुर्खेतको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरी बताउछन् । बालिकाहरूको मेडिकल जाँचका लागि पनि प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।