March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

राहदानी विभागमै एकै दिनमा पासपोर्ट बनाइदिन्छु भन्दै रकम असुली गर्ने ४ जना पक्राउ

1.9K

काठमाडौं । काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका व्यक्तिबाट एक दिनमै काम हुन्छ भन्दै रकम असुली गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ रहेका छन् ।

उनीहरुलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज बर्ड नामक फोटो स्टुडियो पनि छ ।

उनीहरुले विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि चार दिन म्याद लिइएको जनाइएको छ ।

Advertisement