March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

झापामा अवैध लागू औषधसहित दुईजना पक्राउ

1.7K

दमक । झापामा अवैध लागू औषधसहित दुईजना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-६ काकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट करिब २ ग्राम ८ सय मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन नगरपालिका-५ घर भई हाल झापा बिर्तामोड नगरपालिका-१ भगवान् चोक डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेका छन् ।

प्र.३-०१-०२४ च ८००० नम्बरको गाडीलाई इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त लागू औषध फेला पारी गाडी चालक पुरन र गाडीमा सवार नागेन्द्रलाई पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।