March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

बञ्चरो प्रहार गरी बुबाको हत्या

1.6K

बैतडी । बैतडीमा बञ्चरो प्रहार गरी छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको आज बिहान हत्या भएको हो ।

प्रहरीका अनुसार जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहार गर्ने लोकराज मानसिक अवस्था ठिक नभएको बताइएको छ । टाउकोमा चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको थियो ।

बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरीले जनाएको छ ।

Advertisement