August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

पाँचथरमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

550

फिदिन । पाँचथरमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । फिदिम नगरपालिका–१४ बुर्दुम बस्ने ३५ वर्षीया निला राईमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार राति उनका श्रीमान ४० वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो ।

राजकुमारले घरायसी वादविवादको क्रममा असार १७ गते श्रीमतीमाथि कुटपिट गरेका थिए । कुटपिट गर्दा श्रीमती निला गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु भएपछि अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement