August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

काठमाडौंबाट ५१ किलो हेरोइन बरामद, सात अफ्रिकी नागरिक पक्राउ

385

काठमाडौं । प्रहरीले ठूलो परिमाणमा हेरोइनसहित सात जना अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ । ५१ किलो लागुऔषध हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

ब्यूरोका अनुसार नेपालमा एकसाथ बरामद भएको यो हेरोइन अहिलेसम्मकै धेरै हो । उनीहरुको साथबाट ४९ किलो सेतो र दुई किलो खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला चार दिनमा उक्त परिमाणको हेरोइन बरामद गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

Advertisement