February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

एक राउण्ड गोली सहित पक्राउ

1.5K

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोली सहित पक्राउ एकजना पक्राउ परेका छन् । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंह पक्राउ परेका हुन् ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहको झोला ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Advertisement