August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ

545

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ बर्षीय रवि विक रहेका छन् ।

बिकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
मृतक अशोक भने लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् ।

प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको हो ।ब

Advertisement

रविलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।