August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

नक्कली सई बनेर ठगी गर्ने अर्जुन थापा पक्राउ

490

काठमाडौं । घोराहीमा नक्कली प्रहरी सहायक निरीक्षक (सई) बनेर ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का ३८ वर्षीय अर्जुन थापा मगर रहेका छन् ।

थापाले आफु सादा पोशाकका प्रहरीको सई भएको भन्दै होटेलहरूमा ठगी गर्दै हिँडेको भन्ने सूचना पाएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसार थापाले होटल सञ्चालकहरूसँग अनुचित लाभ लिएर हिँडेका थिए । उनलाई होटलबाटै लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement