काठमाडौं । भारतको झारखण्डको गुमलामा नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ ।
बुधबार घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको छन् ।

मृत्यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् । गम्भीर घाइते आशिषको अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय संचारमाध्यमका अनुसार घटनापछि गाउँ तनावग्रस्त बनेपछि गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो ।