August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

खैरो हेरोईन सहित दुईजना पक्राउ

630

काठमाडौं । ईलाम, देउमाई नगरपालिका–३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन करिब ३ ग्राम सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने २० वर्षीय शम्भु लिम्बु र माई नगरपालिका–८ महमाई बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

प्रदेश १–०३–००१ प १६५५ र को.१३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरू प्रहरीलाई देख्नासाथ भागेपछि प्रहरीले पछ्याउँदै गई उनीहरूलाई पक्राउ गरेको हो । साथै को.१३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार अर्का एक जनाको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement