August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

चार दिनदेखि हराइएकी बालिकाको शव मकै बारीमा फेला

680

काठमाडौं । सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव मकै बारीमा फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव फेला परेको हो ।

बालिका शनिवार नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा हजुरआमासँगै सहभागी हुन गएकी थिइन् । बालिकाको शव विकको घरदेखि एकसय मिटरको दुरीमा मंगलबार बिहान फेला परेको हो ।

सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको एक स्थानीयले बताए ।

Advertisement

बालिकाको मृत्युको कारण नखुलेपछि घटनामा संलग्न भएको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।