August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

हात्तीसारस्थित एक रेष्टुरेन्टमा युवतीलाई बलात्कार गरेको अभियोगमा वेटर पक्राउ

375

काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा रेष्टुरेन्टका वेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री रहेका छन् ।

प्रहरीका अनुसार घटना चार दिनअघिको हो । रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी उनलाई वेटरले कोल्ड ड्रिङ्समा मदिरा मिसाएर खुवाएर जवरजस्ती करणी गरेको अभियोग छ । घटना भएको दिन रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको जनाइएको छ ।

पीडकविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement