April 20, 2024, Saturday
२०८१ बैशाख ८
1:37:26 pm

प्रहरीकै सेटिङमा बालबालिका प्रयोग गरेर मदिरा तस्करी

1.9K

धनुषा । धनुषाको सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ दैनिक रूपमा मदिरा तस्करीमा विद्यालय उमेर समूहका बालबालिकालाई प्रयोग गर्ने गरेको खुल्न आएको छ । गत शुक्रबार साइकलमा मदिराको पोका पोकी लोड गरेर भारततर्फ गइरहेको अवस्थामा बालबालिका भेटिएपछि सो कुरा बाहिरिएको हो ।

भारतको विहार राज्यमा मदिरा बिक्रीवितरण र प्रयोगमा रोक लगाइएपछि त्याहाँका कतिपय मदिराप्रेमीले नेपालतर्फका सीमावर्ती जिल्लालाई नै आफ्नो गन्तव्य बनाएका छन् भने केहीले यहाँका व्यापारीसँगको ‘कनेक्सन’ मा मदिरा घरसम्म नै मगाउने गर्छन् ।

सशस्त्र प्रहरीसँग ‘सेटिङ’ मिलाएर मदिरा तस्करी हुने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार सशस्त्र प्रहरीकै घुमुवाका रूपमा रहेका असईद्वय राजीव यादव र श्याम साहले मदिरा तस्करीमा सघाउँदै आएका छन् । नेपाल समाचापत्र दैनिकबाट

Advertisement