November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मोरङको कटहरीमा पुरुषको शव फेला

2K

विराटनगर : मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा एकजना पुरुषको शव भेटिएको छ। आज (आइतबार) बिहान भेटिएको शव हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको आशंका छ। 

कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव सडक छेउको नालीनजिकै फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको हो। घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फालेको जस्तो देखिने प्रहरीको भनाइ छ। 

Advertisement

उनी श्रीमतीले छोडेपछि भाइ चित्रकुमार श्रेष्ठको बस्दै आएको खुलेको छ। घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेपछि शव खेतमा फालेको जस्तो देखिने प्रहरीको भनाइ छ। 

खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ। घटना शंकास्पद देखिएपछि विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।