काठमााडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नक्कली ट्विटर ह्याण्डलमार्फत निर्वाचनको सन्दर्भमा गलत सूचना सम्प्रेषण भएको जनाएका छन् । घिसिङले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाममा खुलेका नक्कली ट्विटर ह्यान्डलबाट अफवाह फैल्याउने काम भइरहेको बताएका हुन् ।
आधिकारिक @KMGhising बाहेकका ट्विटर ह्याण्डल नभएको स्पष्ट पार्दै घिसिङले त्यस्ता सुचनाहरुको भ्रममा नपर्न अनुरोध गरेका छन् ।
‘मेरो आधिकारिक ट्वीटर हृयान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर हृयान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली हृयान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,’ घिसिङले विज्ञप्तिमा भनेका छन् ।
उनले निर्वाचन आयोगबाट स्थानीय तहको निर्वाचनका लागि जारी भएका आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगर्न अनुरोध गरेका छन् ।