भोजपुर । ११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् ।
राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा बालयौन दुरुपयोग गरेको भन्ने किटानी जाहेरीको आधारमा मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।