बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
आक्रमणबाट गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीका अनुसार माओवादी केन्द्रबाट उम्मेदवार बनेका ६० वर्षीय साउदमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप रहेको र उनीहरुको खोजी भइरहेको छ ।