काठमाडौं । ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–५ घर भई ठेंचो बस्दै आएका ३३ वर्षीय विकास तामाङ र मोरङ रतुवामाई नगपालिका–९ घर भई शान्तिनगर बस्दै आएका २० वर्षीय विक्रम मिश्रलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले नौ लाख पचास हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनिहरुले ५ जनालाई प्रतिव्यक्ति एक लाख ९० हजार रुपैयाँका दरले ठगी गरेका थिए ।
उनीहरूले भिजिट भिषामा दुबई पठाएर त्यहाँ तीन हजार दिराम पाउने जागिर लगाइदिने प्रलोभन देखाई ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले विकासलाई बिहीबार चुच्चेपाटी र तामाङलाई शुक्रबार जावलाखेलबाट पक्राउ गरि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको जनाएको छ ।