June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

मलद्वारभित्र सुन लुकाएर ल्याउने एक भारतीय नागरिक पक्राउ

1K

काठमाडाैं । मलद्वारभित्र सुन लुकाएर ल्याउने एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरा रहेका छन् ।

उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको जनाइएको छ ।

जानकारी अनुसार उनले एक हजार २६८ ग्राम सुन लुकाएर ल्याएका थिए । उक्त सुनको मूल्य रु एक करोड आठ लाख ४९ हजार रहेको जनाइएको छ ।

Advertisement

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो ।

हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाइ ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।